ट्रेन्डीङ्ग

नेपाल तमु विद्यार्थी छोंज धीं नवलपरासीको अध्यक्षमा खेम तमु

सुनवल।नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला समिति नवलपरासीको नवौ जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले खेम तमुको अध्यक्षतामा ३३सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा सोम तमु,उपाध्यक्षमा मनु तमुस्यो,सचिवमा सुजन तमु र सहसचिवमा धनमाया तमुस्योलाई चयन गरेको छ। त्यसैगरि कोषाध्याक्ष सिला तमुस्यो, सहकोषाध्यक्षमा निता तमुस्यो चयन भएका छन।

अधिवेशनले विभिन्न विभाग जिम्मेवारी पनि दिएको छ जसमध्य संगठन सचिवमा सदिक्षया तमुस्यो,प्रचार सचिव सृजना तमुस्यो,सास्कृतिक विभाग मनोज तमु,शैक्षिक जस्मिन तमुस्यो महिला एलिसा तमुस्योलाई चयन गरेको नवनिर्वाचित बरिष्ठ उपाध्यक्षमा सोम तमुले जानकारी दिए।

त्यसैगरी सदस्यहरुमा क्रमश: दिस्सु तमुस्यो,मन्जु तमुस्यो,राहुल तमु,लुविश तमु,इशा तमुस्यो,सन्ध्या तमुस्यो,नितिशा तमुस्यो,सन्दिप तमु,रिजन तमु,कुशुम तमुस्यो , मानिसका तमुस्यो,सतिस तमु ,रन्जिन तमु ,सिम्रन तमुस्यो ,मिनातमुस्यो, सुयोसा तमुस्यो ,दीक्षा तमुस्यो ,थानु तमु ,संजिता तमुस्यो ,नेबिका तमुस्यो र निसल तमु चयन भएका छन् ।

नेपाल तमु(गुरुङ)विद्यार्थी छोज धि नवलपरासीको ९ औं जिल्ला अधिवेशन जिल्ला अध्यक्ष सोमिया गुरुङको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष विश्वराज तमुको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन सांस्कृतिक बिभाग प्रमुख सुजन तमु सचिव खेम तमु र सदस्य सीमा गुरुङको संयुक्त रूपमा संचालन गरेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal