ट्रेन्डीङ्ग

सुनवलमा जेष्ठ नागरिक सरक्षण अक्षयकोष स्थापनार्थ श्रीकृष्ण जन्माष्टमीको मेला लाग्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा ३ दिने मेला लाग्ने भएको छ।सुनवल सत्मार्ग बहुआयामिक समाज र कृष्ण धाम मन्दिर समितिको संयुक्त आयोजनामा जेष्ठ नागरिक सरक्षण अक्षयकोष स्थापनार्थ भदौ ८ देखि १० गतेसम्म मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

सुनवल नगरपालिका वडा-४ रमावापुरमा रहेको विश्वकै अग्लो दामोदर स्वरुप श्रीकृष्ण मुर्ति रहेको धार्मिक पर्यटन क्षेत्रको रूपमा प्रचारप्रसार साथै मन्दीरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको मेला संयोजक मोहन कार्कीको भनाई छ।

श्री कृष्ण मन्दिर बिकास धाममा साउन ८ गते पहिलो दिन विभिन्न झाकी सहित भजन टुंक्का र प्रवचन कार्यक्रम , दोस्रो दिन ९ गते कृष्ण लिला सम्बन्धि तिज गित प्रतियोगिता ,१० गते भजन चुड्का तथा झाकी प्रतियोगिता साथै दैनिक कृष्ण महिमाको कथा संचालन गर्ने तयारी गरिएको कार्कीले जानकारी दिए।

पुजा सम्पन गर्नको लागी २ सय ५१ सदस्यीय समितिमा विभिन्न उपसमितिहरु पनि रहेका छन।पुजालाई सफल वनाउन विभिन्न उपसमितिहरु एवं विभिन्न संघ सस्थाहरु संग समेत मुल समितीले छलफल गरेको छ ।

सामुहिक छलफलमा वोल्दै श्री कृष्ण जन्माष्टमी पुजा व्यवसथापन मुल समितीका संलाहाकार संयोजक एवं सुनवल नगरपालिकाका पुर्व नगरप्रमुख भिम वहादुर थापाले सुवनललाई धार्मिक एंव पर्यटकिय रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पहिचान गराउनको लागी श्रीकृष्णअष्टमी पुजाले महत्वपुणर् भुमिका खेल्ने बताए। त्यस्तै धार्मिक पर्यटनबाट समग्र सुनवलको विकासमा पनि यसले महत्वपुणर् भुमिका खेल्ने थापाको भनाई छ ।

साथै कृष्णअष्टमीको अवसरमा श्रीकृष्ण पुजा तथा विविध संस्कृतिक कार्यक्रमलाई सफल बनाउन उपस्थीत आमा समुह,महिला समुह, तथा विभिन्न संघ संस्थाहरुले ऐक्यवद्धता जनाएको पुजा व्यवस्थापन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal