ट्रेन्डीङ्ग

अनेरास्ववियु नवलपरासीको अध्यक्षमा मौर्य र सचिवमा भण्डारी निर्वाचित

बर्दघाट।नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नवलपरासी २५ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा संजय मौर्य निर्विरोध निर्वाचीत भएका छन।

बर्दघाटको दिव्यज्योति क्याम्पसमा सम्पन्न सम्मेलनले मौर्य अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको हो।

सम्मेलनबाट उपाध्यक्षमा सन्देश न्यौपाने,मणि पाण्डे,कमल ढकाल र सचिवमा बिनम भण्डारी चयन भएका छन।त्यसैगरि सहसचिवमा,किरण बस्याल,फ्रेन्सिस बस्याल र जिपि न्यौपाने चयन भएको नवनिर्वाचित सचिव बिनम भण्डारीले जानकारी दिए।

त्यस्तै कोषाध्यक्षमा कोषाध्यक्ष कामेश पासी र महिला विभाग प्रमुख प्रकृति सापकोटा निर्वाचित भएकी हुन।

सम्मेलनमा अनेरास्ववियुका खुल्ला सत्र केन्द्रिय महासचिव नरेश रोकाय र बन्द सत्रमा उपाध्यक्ष धर्म गिरि सहभागी रहेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?