
बर्दघाट।नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नवलपरासी २५ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा संजय मौर्य निर्विरोध निर्वाचीत भएका छन।
बर्दघाटको दिव्यज्योति क्याम्पसमा सम्पन्न सम्मेलनले मौर्य अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको हो।
सम्मेलनबाट उपाध्यक्षमा सन्देश न्यौपाने,मणि पाण्डे ,कमल ढकाल र सचिवमा बिनम भण्डारी चयन भएका छन।त्यसैगरि सहसचिवमा,किरण बस्याल, फ्रेन्सिस बस्याल र जिपि न्यौपाने चयन भएको नवनिर्वाचित सचिव बिनम भण्डारीले जानकारी दिए।
त्यस्तै कोषाध्यक्षमा कोषाध्यक्ष कामेश पासी र महिला विभाग प्रमुख प्रकृति सापकोटा निर्वाचित भएकी हुन।
सम्मेलनमा अनेरास्ववियुका खुल्ला सत्र केन्द्रिय महासचिव नरेश रोकाय र बन्द सत्रमा उपाध्यक्ष धर्म गिरि सहभागी रहेका थिए।