परासी । संचारीका समुह नेपाल नवलपरासीको अध्यक्षमा बिष्णु खनाल चयन गरेको छ । संचारीका समुह नेपाल नवलपरासीको सोमबार बसेको भेलाले खनालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।
भेलाले सचिवमा डोल्मा चौधरी, कोषाध्यक्षमा सम्झना सुवेदी चयन गरेको हो। त्यसैगरी सदस्यहरुमा क्रमश:सोनकली थारु, रेनुका चौधरी, सुनयना चौधरी,गिता भट्टराई, अनु सुनार, मिना केशि, र हसिना खातुन चयन भएकी छन् ।
उपाध्यक्ष पद खालिरहेको सचारिका समुह नवलपरासीले अगामि बैठकबाट मनोनित गर्ने अध्यक्ष विष्णु खनालले जानकारी दिइन्।
संचारिका क्रियाशिल उपसमितिमा अन्जु सहानी, शितमती हरीजन,शोभा यादव, आरती राना, शारदा धिताल,अमृता सुनार,सुष्मा क्षेत्री रहेका छन। जिल्लाका क्रियाशिल पत्रकार महिलाहरुलाइ जोडदै जाने संचारिका समुह नवलपरासीले जानकारी दिएको छ ।
कार्यक्रमा संचारिका समुह नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, संचारिका समुह नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष उषा किरण पन्तको उपस्थिती रहेको थियो।