ट्रेन्डीङ्ग

अवैध मेनपावर संचालक दुई भारतीय नागरिक पक्राउ

परासी ।पश्चिम नवलपरासीको रामग्राम -५  मा  अवैध मेनपावर कम्पनी  संचालक दुई भारतीय नागरिकलाई प्रहरीले पक्राऊ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एव प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बैदेशिक रोजगारिका लागि रसिया,अस्ट्रेलिया, ईटाली लगायतका देशहरुमा लैजाने उद्देश्यले जेडी मेनपावर सर्भिसेज नामको कार्यालय स्थापना अवैध रुपमा संचालन गर्दै भन्ने सुराकीका आधारमा खानतलासी गर्दा २ थान  मोबाईल थान, १ थान ल्यापटप थान भारतिय आधार कार्ड, भारतिय बैंकको चेकबुक र डेविड कार्ड सहित फेला बताए।

पक्राउ पर्नेहरुमा भारत महाराष्ट्र जिल्ला मुम्बई पोष्ट बर्भे नगर गाँउ असल्फाका २४ वर्षीय र्निसग रविंन्द्र राणे र मुम्बई कोलाव का ३७ वर्षीय जावेद मसिह पक्राउ गरिएको प्रहरीले जनाएको छ। कार्यालय सिल गरि बरामद भएका कागजात सहित नियन्त्रणमा लीई आवश्यक थप अनुसन्धान भैरहेको सुचना अधिकारि  बोहोराले  बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal