ट्रेन्डीङ्ग

बुटवल कालिका क्याम्पसमा रक्तदान कार्यक्रम १ सय २ पोइन्ट रगत संकलन

बुटवल।बुटवल कालिका क्याम्पसमा सम्पन्न रक्तदान कार्यक्रम १ सय २ पोइन्ट रगत संकलन भएको छ।कालिका क्याम्पसको बिएएसड्ब्लुमा अध्ययनरत विद्यार्थीहरु सम्मेलित बीएएसडब्ल्यू क्लब अफबीकेसीले आयोजना गरेको रत्तदान कार्यक्रममा १ सय २ पोइन्ट रगत सकलन भएको हो।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी घनश्याम पाठकले रक्तदान जिवनदान भन्ने मुल नारा सहित बीएएसडब्ल्यू क्लब अफबिकेसीले आयोजना गरेको रक्तदान कार्यक्रम वास्तवमा मानवीय सेवाभावमा समर्पित रहेको बताए।

रगतको अभावमा कसैको ज्यान नजावस भनी गरिएको रक्तदान कार्यक्रम सामाजिक कार्य विषय अन्तर्गतकै महत्त्वपूर्ण काम भएको क्याम्पस प्रमुख पाठकको भनाइ छ।

रक्तदान कार्यक्रममा क्याम्पसमा अध्यायनरत बिद्यार्थी तथा प्राध्यापकहरुको सहभागीता रहेको क्लबका अध्यक्ष नवीन अर्यालले जानकारी दिए।

बी.ए. एस .डब्ल्यू क्लब अफ बी के सीले आयिजना गरेता पनि कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने क्याम्पस परिवार साथै उपस्थिति सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको क्ल्बका अध्यक्ष अर्यालले बताए।

क्लबका सचीव ममता कार्किको संचालन रहेको कार्यक्रममा क्याम्पस संयोजक महेश पाण्डे, बुद्धिराम चौधरी,नेपाल स्वयंसेवी रक्तदान समाज महासचिव कृष्ण चौहान,नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखा अध्यक्ष गाेविन्द भुसाल लगायत प्रध्यापक साथै बिद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।रक्तदान कार्यक्रम नेपाल स्वयंसेवि रक्तदाता समाजले सहजीकरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal