
सुनवल।महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयले नवआगान्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ।
शैक्षिक शत्र ०८१/०८२ मा कक्षा ५ देखि ९ सम्म भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको विद्यालयले जनाएको छ।
विद्यालय नयाँ भर्ना ४ सय भन्दा बढि विद्यार्थीहरु भर्ना भएको प्रध्यानाध्यापक खेमलाल शर्माले जानकारी दिए।
विद्यार्थीको क्षमता अनुसार भर्ना भैसकेको र अब भर्ना लिन नसक्ने अवस्था रहेको प्राध्यानाध्यापक शर्माले बताए।
विद्यालय समग्र शैक्षिक गुणस्तर र सोहि अनुसारको वातावरणले गर्दा विद्यार्थीको आकर्षण बढेको विद्यालय ब्यवस्थापन समिती अध्यक्ष ज्ञानहरि अर्यालले बताए।
स्वागत कार्यक्रममा शिक्षक संगीत शर्मा, उषा हमाल, दिपक भन्डारी,कोशलराज बस्याल लगायत उपस्थित रहेको थियो ।