![](https://safalpost.com/wp-content/uploads/2024/05/IMG_5041-scaled.jpg)
सुनवल।लुम्बिनी प्रदेशका पर्यटन,उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेतले सुनवलका धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकासका लागि बृहत गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने बताए।पश्चिम नवलपरासीको सुनवल-४ मा रहेको एतिहासिक तथा पर्यटकीय क्षेत्र गजधम्मा देवी ,महलपोखरी होमस्टे,हिलपार्क र औद्योगिक ग्राम लगायत क्षेत्रको अवलोकनका क्रममा मन्त्री वस्नेतले सुनवलको पहिचान सहित रोजगारी सृजना हुनेगरि योजना निर्माण गर्ने बताएका हुन।
अवलोकनकै क्रममा स्थानीय सग कुराकानी गर्दै पर्यटन मन्त्री बस्नेतले औद्योगिक ग्राम, हिलपार्क र महलपोखरी बिकास र प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।बस्नेतले हिलपार्क,महल पोखरी होमस्टे र गजधम्मा देवीको मन्दिरसम्म जाने पहुच मार्गको स्तर उन्नति र औधोगीकग्राम बिकासका लागि अन्तर मन्त्रालय सग समन्वय तथा सहकार्य गर्दै पर्यटन तथा औधोगिक क्षेत्रको बिकासमा अगाडी बढ्न पहल गर्ने बताए।बस्नेतेले महल पोखरीको उत्पादित अर्गानिक तरकारी लगायत बस्न्तुहरुको बजारीकरण गरि व्यापार व्यवसायी,जीवन स्तरमा सहज हुने विश्वाश व्यक्त गरे।
त्यस्तै सुनवल नगरपालिकाका पुर्वनगर प्रमुखले भिम बहादुर थापा(भरत)ले सुनवलको पहिचान र बिकासका लागि सुनवलको औद्योगिक ग्राम, हिल पार्क र महलपोखरीको बिकासको लागि ध्यानाकर्षण गराए।थापाले लुम्बिनी प्रदेशको बिकासमा सेतुको काम गर्ने भएकाले महेशपुर,सुनवल,महलपोखरी र पाल्पाको रामपुर जाने बाटो अगाडी बढाउँने योजनामा समावेश गर्न समेत ध्यानाकर्षण गराएका थिए।
बस्नेत सहित पर्यटन मन्त्रालयका सचिव उमेश ढुंगाना,सुनवल वडा नम्बर ४ का अध्यक्ष बालकृष्ण पंगेनि ,नेकपा माओवादी केन्द्र सुनवलका अध्यक्ष मोहन कार्की ,नेपालि कांग्रेस सुनवल ४ का सभापति बालकृष्ण पौडेल,मन्त्रालयका सचिवहरु, पर्यटन परिषद सदस्यहरु लगायतको टोलिले अवलोकन गरेको थिए।