ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा औंलोका बिमारी बढे

परासी।पश्चिम नवलपरासीमा गत वर्षको तुलनामा औंलोका बिरामी बढेका छन । गत बर्षको तुलनामा यस वर्ष औलोका बिमारी बढेका हुन ८ जनामा औंलो रोग लागेकोमा चालु आर्थिक बर्षको चैत मसान्तसम्म १० जनामा औंलो रोगका बिरामी फेला परेका छन् ।

सुनवल नगरपालिकामा ६ जना, रामग्राम नगरपालिकामा २ जना, पाल्हीनन्दन र प्रतापपुर गाउपालिकामा ११ जनामा औंलो रोग देखिएको छ । गत बर्ष बर्दघाट नगरपालिकामा ३ जनामा देखिएको औंलो यस वर्ष भने अहिलेसम्म देखिएको छैन । सुस्ता र सरावल गाउँपालिकामा हालसम्म नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए ।

नवलपरासीमा गत बर्षको तुलनामा यस बर्ष बढेको छ त्यसको नियन्त्रणमा स्थानिय पालिका देखी सबै सरोकारवालाहरु लाग्नु पर्ने आवश्यकता रहेको पन्थीले बताए।

औंलो रोग लामखुट्टेको टोकाइबाट सर्ने बताउदै जनस्वास्थ्य निरीक्षक देवीलाल पौडेलले लामखुट्टेका ४ सय ३० प्रजातिका लामखुट्टे रहेकोमा ४३ जातका लामखुट्टेले औलो सार्ने सक्ने बताए । नेपालमा ४ प्रकारका लामखुट्टेको टोकाइले औलो सारेको पाइएको पौडेलले जानकारी दीए।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरु मध्ये रुकुम पुर्व बाहेक अरु ११ वटा जिल्लामा औंलोका बिरामी फेला परेका छन । “औंलो विरुद्धको लडाइलाई तिब्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौं” भन्ने नारा सहित बिश्व औंलो दिवस २०८१ मनाइएको छ ।नेपाल सरकारले सन २०२५ मा स्थानीय औंलालाई शुन्यमा राख्ने र बहिरबाट आएकालाई नियन्त्रण गर्ने लक्ष्य राखेको थियो तर आजसम्मको अवस्था हेर्दा यो लक्ष्य पूरा नहुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal