ट्रेन्डीङ्ग

शुभलक्ष्मी सहकारीद्वारा नि:शुल्क आँखा जाँच शिविर,३ सय १६ जनाले सेवा लिए

सुनवल।पश्चिम नवलपरासीको सुनवल-५ वनकट्टीमा एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ।शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि.को आयोजना र डा.बिनोद निता कंडेल आँखा अस्पताल परासीको प्राविधिक सहयोगमा शिविर भएको हो।शिविरबाट ३ सय १६ जना लाभान्वित भएको सहकारीले जनाएको छ।

आँखा जाँच गराएका मध्य आवश्यक अनुसार  नि:शुल्क औषधि समेत वितरण गरिएको बिनोद निता कंडेल आखा अस्पतालकि बरिष्ठ नेत्र सहायक राधिका यादवले जानकारी दिइन।उनीहरुको शल्यक्रियाका लागि सहकारीको सिफारिसमा अस्पतालमा १५% सम्म छुटको व्यवस्था गरिएको सहकारीका सहसचिव दिपकप्रसाद पौडेलले बताए।

सहकारीका अध्यक्ष गंगाबहादुर गुरुङको अध्यक्षता तथा सुनवल नगरपालिका नगर प्रमुख बिमला अर्यालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा वडा ५ का अध्यक्ष नेत्रलाल शर्मा तिवारी,३ का अध्यक्ष पविन गुरुङ,राजनीतिक दलका प्रतिनिधि  लगायतको सहभागीता रहेको थियो।सहकारीले बिगतका वर्षमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको र यस्ता कार्यलाई निरन्तरता दिदै जाने सहकारीका उपाध्यक्ष यामप्रसाद पाण्डेले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal