ट्रेन्डीङ्ग

कालिका क्याम्पस बिए एस ड्ब्लुका विद्यार्थीद्वारा कपडा बैंकमा कपडा जम्मा

बुटवल।बुटवल कालिका क्याम्पस बि ए एस डब्लूमा अध्ययनरत बिद्यार्थीहरुले बुटवल उपमहानगरपालिका कार्यालयमा राखिएको कपडा डोनेशन बक्समा कपडा जम्मा गरेका छन।

बीए एस डब्ल्यू क्लब अफ बी के सीका अध्यक्ष नविन अर्यालको अध्यक्षता तथा कपडा तथा खाद्य बैंक नेपाल का अध्यक्ष कमल जि सीको उपस्थितमा बुटवल कालिका क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले कपडा जम्मा गरि उपमहानगरपालिकामा रहेको डोनेशन बक्समा कपडा जम्मा गरेको क्लब अध्यक्ष अर्यालले बताए।

सामाजिक कार्य संगै सामाजिक कार्यलाई निरन्तरता दिने उद्देश्यले कपडा जम्मा गरेको अध्यक्ष अर्यालको भनाई छ।

कपडा तथा खाद्य बैंक नेपालका अध्यक्ष कमल जिसीले कपडा तथा खाद्य बैंकको उद्देश्य र प्रभाकारिताको बारेमा बताए।

सो अवसरमा क्याम्पसका प्राध्यापक रमेश भुसाल, गणेश पुन,शंकर पन्थी,टेकराज तिवारी,निहारिका आचार्य,पुनाराम पाण्डे लगायतको उपस्थित रहेको बी ए एस डब्ल्यू क्लब अफ बी के सी सचीव ममता कार्कीले जानकारी दिइन।

सामाजिक कार्यको अध्यायन संगै सामाजिक कार्यमा पनि बीएएसडब्ल्यू क्लब अफ बी के सी सक्रिय हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?