ट्रेन्डीङ्ग

एमाले नवलपरासीको ९औँ जिल्ला अधिवेशन बैशाख २१ र २२ गते हुने

सुनवल।नेकपा(एमाले)पश्चिम नवलपरासीको ९ औं जिल्ला अधिवेशन आगामी बैशाखको २१ र २२ गते सुनवलमा हुने भएको छ।पार्टीले परासी पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरि जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा भईरहेको जानकारी गराउदै अधिवेशनको लोगो समेत सार्वजनिक गरिएको छ।

जिल्ला अधीवेशनका लागि बैशाख १७ गते एकै चरणमा ७ स्थानीय तहका ७४ वडाबाट चार सय २१ जना प्रतिनिधि छनौट गरिने तालिका रहेको जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीले जानकारी दिए।हालै सम्पन वडा र नगरमा जिम्मेवारी प्राप्त गरेका र उपविजेता भएका प्रतिनीधिले जिल्लामा उम्मेदवारी बन्न नपाउने गरि पार्टीको बैठकले निर्णय गरेको अध्यक्ष अधिकारीले बताए।

अधिवेशन सम्पन गर्नका लागि १३ उपसमिति गठन गरिएको छ।जसमा जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीको संयोजकमा राजनीतिक प्रतिवेदन लेखन समिति, प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा धिरज शर्मा बस्याल, प्रचारप्रसार उपसमितिमा राजनकुमार आचार्य, आर्थिक व्यवस्थापन उपसमितिमा डोलराज भण्डारी, खाध्य तथा आवास व्यवस्थापन समितिमा रामचन्द्र भण्डारी, मन्च व्यवस्थापनमा थमन सिह नेपालि,जनसास्कृतिकमा सुवोधजागृत बुढाथोकी,अतिथि सत्कारमा दिपेन्द्रकुमार अधिकारि, मसलन्द तथा छपाई तारा सिंह थापा,जनपरिचालन उपसमितिमा डोलराज भण्डारी, स्वयमसेवक व्यवस्थापनमा प्रदिप सुवेदी, स्वास्थ्य स्वयंसेवकमा जगदिश चौधरी र यातायात व्यवस्थापनमा केशब भण्डारीलाई तोकिएको जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिए।एमालेले प्रदेश कमिटीका सदस्यहरुलाई अनुगमनको जिम्मेवारी दिएको सचीव बताए।

७ स्थानीय तह रहको जिल्लामा पाल्हिननदन गाउपालिका बाहेक सुनवल नगरपालिका रामग्राम, सरावल, प्रतापपुर , बर्दघाट र सुस्तामा गाउँपालिकाको अधिवेशन सम्पन गरिसकेको छ।

जिल्लामा ४ हजार ६ सय ४९ जना सगठित सदस्य रहेको पार्टी जनाएको छ।जिल्ला अधिवेशनका लागि पार्टीका केन्द्रिय अध्यक्ष एव पुर्व प्रधानमन्त्री केपी वली आउने तयारि रहेको जिल्ला उपसचिव राजनकुमार आचार्यले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal