ट्रेन्डीङ्ग

लुम्बिनीमा मन्त्रालय बाँडफाँड,मन्त्रीपरिषद बिस्तार गर्ने तयारी

सुनवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले आज सरकार बिस्तारकाे तयारी गरेका छन। संसदकाे बिषयगत समितीकाे सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तारकाे तयारी गरेका हुन् ।

यसैबीच लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटेकाे छ । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेकाे दलहरूकाे बैठकले मन्त्रालय बाँडफाँट टुङ्गाएकाे मुख्यमन्त्री कार्यालय स्राेतले जनाएकाे छ ।

अब बन्ने लुम्बिनी प्रदेश सरकारमा एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एकएक मन्त्रालय लिने गरी सहमति भएकाे मुख्यमन्त्री कार्यालय स्राेतले जनाएकाे छ ।

यसैबीच मुख्यमन्त्री महराले आजै नै मन्त्रीहरू नियुक्ति गरेर सपथ ग्रहण गराउने तयारीमा लाग्नु भएकाे छ । मन्त्रालय बाँडफाँड टुङ्गिए संगै आज नै सरकारलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री लाग्नु भएकाे बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?