ट्रेन्डीङ्ग

एमाले सुनवल नगर कमिटि अध्यक्षमा भण्डारी निर्वाचित

सुनवल।नेकपा एमाले सुनवल कमिटिको अध्यक्षमा मुक्ति बहादुर भण्डारी निर्वाचित भएका छन।बुधबार भएको निर्वाचनको मत परिणाम आए सङ्गै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन।

अध्यक्षमा २ जना मुक्तिबहादुर भण्डारी र मुरलि गौतमको दावी भएपछी चुनावी प्रतिस्पर्धा भएको थियो।निर्वाचित भएका भण्डारीले १ सय २ मत प्राप्त गरेका छन।त्यस्तै अध्यक्षका अर्का उम्मेदवार गौतमले ७४ मत प्राप्त गरेका छन् ।

नगर कमिटिको सचिव पदमा दुई जनाको उम्मेद्वारी परेकोमा श्याम बहादुर गुरुङ निर्वाचित भएका छन गुरुङले ९३ मत प्राप्त गर्दा अर्का उम्मेदवार पदमबहादुर क्षेत्रीले ७८ मत प्राप्त गरे।

उपसचिव खुल्लापदमा चार जनाको उम्मेदवारी परेकोमा ५७ मत सहित मोहन बहादुर बुढाथोकी बिजय हुदा अन्य उम्मेदवार हरि प्रसाद चापागाई ४६,बिष्णु प्रसाद पौडेल ३१ र बिमल केसीले २४ मत प्राप्त गरेका छन।

साथै उपसचिव महिलातर्फ २ जनाको उम्मेदवारी परेकोमा ९१ मत सहित तुलसी कुवर निर्वाचित भएकि छन् भने अर्की उम्मेदवार मिना नेपालीले ७३ मत प्राप्त गरिन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?