ट्रेन्डीङ्ग

सुनवलमा शैक्षिक गुणस्तर सुधारका लागि ‘हामि सुधार्छो हाम्रो विद्यालय’अभियान

सुनवल ।पश्चिम नवलपरासीको सुनवलमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ‘हामी सुधार्छो हाम्रो विद्यालय’ अभियान सुरु गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनवलले जनप्रतिनिधि, राजनैतिक दल र सरोकारवालाहरुको उपस्थितीमा सामुहिक प्रतिवद्धता गरी विद्यालय सुधार अभियान सुरु गरेको हो । शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाई सिकाईलाई प्रविधिमैत्री बनाएर सुनवललाई शैक्षिक हबको रुपमा विकास गर्न हामि सुधार्छो हाम्रो विद्यालय अभियानको सुरुवात गरिएको महासंघ सुनवलका अध्यक्ष ज्ञानहरी अर्यालले बताए ।

प्रत्येक वर्ष सिकाई उपलब्धि वृद्धि गर्ने, विद्यार्थी सङख्याको आधारमा शिक्षकको अनुपात शिक्षण अनुदान मार्फत पुर्ति गर्ने, विद्यालयका शिक्षक कर्मचारीको तलब राज्यले तोकेअनुरुप न्युनतम स्केल कार्यान्वयन गर्ने, गरिब जेहेन्दार र अभिभावक विहिन बाबालबालिकालाई स्टेशनरी बैंक, अक्षयकोष, छात्रवृत्तिकोष लगायतका सहयोगात्मक संयन्त्रको विकास गर्ने लगायतका १५ बुँदे प्रतिवद्धतामा जनप्रतिनिधि सहित सरोरकावालाहरुले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बोल्दै सुनवल नगर प्रमुख बिमला अर्यालले सुनवल नगरपालिका शैक्षिक सुधारका लागी कडाई गरेर जाने बताइन । नगरपालिकाले शिक्षामा सुधारका लागी कडाई गर्ने निति लिएको बताउदै उक्त निति कार्यान्वयन भएमा शिक्षा क्षेत्रमा सकारात्मक परिर्वतन आउने दाबी गरिन ।

धार्मिक तथा महिला केन्द्रित विद्यालय समेत संञ्चालन गरेर नगरले नमुना काम गर्दे आएको अर्याललको भनाई छ । कार्यक्रममा उपप्रमुख सुर्य प्रसाद दुवेले शैक्षिक गुणस्तर सुधारका लागी सबैको महत्वपुर्ण भुमिका रहने उल्लेख गरिन  ।नगरपालिकाको शिक्षा शाखा प्रमुख विष्णु गोतामेले विद्यालय विद्यालय बिच स्वस्थ प्रतिस्पर्धा हुन सकेमात्रै विद्यालयको मुहार फेरिने बताए । कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन महासंघका लुम्बिनी प्रदेश उपाध्यष सुर्य न्यौपानेले स्थानिय सरकार शैक्षिक सुधारमा खटिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सुनवल नगरपालिकाका प्रवत्ता कृष्णप्रसाद बगाले, नेपाल पत्रकार महासंघ नवलपरासी शाखा अध्यक्ष हरि शर्मा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन कार्की, ज्योती मावि अस्नैयाका प्रधानअध्यापक यादव खड्का, नेपाल शिक्षक संगठनका अध्यक्ष टंक सुवेदी, भगवती माविका प्रधानअध्यापक बाबुराम पाण्डे, तारा बलाल लगायतले बोल्दै स्थानिय सरकारको अग्रसरता विद्यालय सुधारको अभियान अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?