ट्रेन्डीङ्ग

नेपालका उपभोक्ताहरु भारतीय बजारमा जानेक्रम बढ्न थालेपछि ब्यापारीहरु मारमा

बर्दघाट।भारतीय सिमावर्ती बजार र नेपालको बजारमा किनमेल गर्दा कुनैपनि वस्तुको मुल्य दुई गुणा बढी फरक पर्ने भन्दै नेपालका उपभोक्ताहरु भारतीय सिमावर्ती बजारक्ष्ँेत्रमा जानेक्रम बढ्न थालेपछि पश्चिम नवलपरासी जिल्लाका ब्यापारीहरुले आफुहरु मारमा पर्न थालेको गुनासो गरेका छन ।
नवलपरासी चेम्वर अफ कमर्सले आज बर्दघाटमा आयोजना गरेको भित्ते पात्रो विमोचन कार्यक्रममा बेल्ने ब्यापारीहरुले उक्त गुनासो गरेका हुन ।

राज्य क्षेत्रवाट नै यस्ता समस्याहरुको समाधान गर्न पहल गर्नु पर्ने जिल्ला समन्वय समितिका अध्यक्ष भगौती प्रसाद यादव(रुदल)ले बताउनु भएको छ । आफ्नो क्षेत्रबाट जिल्लाका उद्योगी ब्यवसायीहरुका समस्याहरु समाधानका लागि आफुले संघ र प्रदेशमा समन्वय गरीरहेको बताउदै अध्यक्ष यादवले राज्यले निति बनाएर कडाई नगर्दा सम्म समस्याहरु जस्ताको तस्तै रहिरहने बताए ।

भारतीय सिमाना नजिकको बजारमा बसेर ब्यापार गर्ने ब्यवसायीहरु बढीमारमा पर्ने गरेको गुनासो गर्दै सिमाना नजिकको बजारमा ब्यापारीहरु भन्दा अबैध सामानहरुको सप्लाई गर्नेहरु बस्ने थलो रहेको नवलपरासी चेम्वर अफ कमर्सका अध्यक्ष चन्द्रज्योती बस्यालको भनाई रहेको थियो । ब्यापार नभएर दिक्क परेका ब्यापारीहरुलाई अर्काे तिर बैंकहरुले समेत पटक–पटक किस्ता र ऋण असुलीले तर्साउने गरेका कारण ब्यवसायीहरु दोहोरो मारमा परेको अध्यक्ष्ँ बस्यालले गुनासो गरेका छन ।

त्यसैगरी भारतिय गाडीले भारतमा सस्तो डिजेल हालेर नेपालमा सामान बोक्ने गर्ने गरेका कारण नेपालका ढुवानी ब्यवसायीहरु मारमा पर्नेगरेको नवलपरासी चेम्वर अफ कमर्सका उपाध्यक्ष्ँ पेउनारायण न्यौपाने( प्रेम)ले बताए । पछिल्लो समय नेपालका ब्यापारीहरुले समेत भारतीय गाडीहरुलाई बोलाएर नेपालवाट सामानहरु नेपालकै अर्काे स्थानमा सस्तोमा पठाउन प्रयोग गर्ने गरेको खुलासा गर्नु भएको थियो । भारतमा सस्तोमा तेलहाल्ने र नेपाली सामान ढुवानी गर्ने भारतीय गाडीहरुको निगरानी नगर्दा नेपालका ढुवानी ब्यवसायीहरु मारमा पर्ने गरेको न्यौपानेको भनाई रहेको छ ।

यता एन.एम.बि. बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारतीले कोभिड पछि सबै क्ष्ँेत्रमा आर्थिक संकट आएको बताउदै बैंकहरु पनि समस्यामा नै रहेको बताउनु भएको थियो । उहाँले सबैले सबैसंग मिलेर अघि बढ्नुको अर्काे विकल्प नरेको बताउनु भएको थियो ।

नवलपरासी चेम्वर अफ कमर्सका अध्यक्ष चन्द्रज्योती बस्यालको अध्यक्षता र जिल्ला समन्वय समितिका अध्यक्ष भगौती प्रसाद यादव(रुदल)को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मुक्तिनाथ विकास बैंक बर्दघाट शाखा प्रबन्धक मदन पोखरेल,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल लगाएतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन सह–कोषाध्यक्ष गोपाल प्रसाद पाण्डेले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?