ट्रेन्डीङ्ग

सार्वजानिक आवीमा नतिजा प्रकाशन,नवलपरासी सेवा समाज युएईद्वारा अक्षयकोष स्थापना

सुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल ११ मिस्रौली स्थित सार्वजनिक आधारभुत विद्यालयमा अक्षयकोष स्थापनाका लागि सहयोग गरेको छ।नवलपरासी सेवा समाज युएईका अध्यक्ष भुपराज डुम्रेले रु ५१ हजार रुपैया विद्यालयलाई प्रदान गरेका हुन।

विद्यालयको नतिजा प्रकाशन तथा पुरस्कार बितरणको अवसर पारी गरिव जेहेन्दार बिद्यार्थीहरुको सहयोगार्थ अक्षयकोष स्थापनार्थ रकम प्रदान गरेको नवलपरासी सेवा समाज युएईका अध्यक्ष डुम्रेले बताए।

कार्यक्रममा नवलपरासी सेवा समाज युएईका वरिष्ठ सल्लाहकार हरि न्यौपाने,सचिव कृण्ण बस्याल,आजिवन सदस्य नेपाल प्रतिनिधि कृष्ण बस्याल, सदस्य कुलप्रसाद तिवारी,होमनाथ खनाल,गंगा बस्याल,पुरुशोत्तम सापकोटा र शिव तिवारी लगाएको उपस्थित रहेको थियो।अक्षय कोषको लागि प्राप्त रकमको सहि सदुपयोग गर्ने विद्यालयले जनाएको छ।

आधारभुत तहसम्मको पठनपाठन हुने विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्मकै नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको प्रध्यानाध्यापक भबिश्वर चापागाईंले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?