
सुनवल।धान्याचल महायज्ञ माध्यामिक विद्यालयमा विद्यालय सुधारमा सामुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।विद्यालयको शैक्षिक सुधारका लागि प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने वक्ताहरुको जोड दिए।
आगामी शैक्षिक शत्रमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई पुरस्कारको व्यवस्था गर्दै शिक्षण सिकाई केन्द्रको स्थापना गर्न,११/१२को कक्षा विहानी शत्र संचालन गरे विद्यार्थी रोक्न सकिने बताउदै भर्ना अभियानमा सबै एक भएर लाग्नु पर्ने भनाइ थियो ।नगरपालिकाले नि:शुल्क शिक्षामा ध्यान दिनुपर्ने उनीहरुको जोड थियो।
कार्यक्रम नगर प्रवक्ता एवं वडा नम्बर १३ का अध्यक्ष कृष्ण प्रसाद बगालेले कक्षा ३ सम्म पुर्ण रुपमा निशुल्क पढाउने गरि वडाले बजेट बिनियोजन गरेको बताए । विद्यालयको भौतिक तथा शैक्षिक प्रगतिका लागि पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक सुधारला लागि हामी जनप्रतिनिधि सबैले सामुदायिक विद्यालयमा मै ल्याएला छौ अभिभावकलाई ढुक्क भएर भर्ना गर्न आग्रह गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद न्यौपानेको अध्यक्षता तथा विद्यालयका शिक्षक रामराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा सुनवल नगर शिक्षा शाखा प्रमुख बिष्णु गोतामे,रमेश तिवारी,उमाकान्त तिवारी,परमान्नद गौतम ,महेन्द्र रेग्मी ,मदन पन्त ,सारदा ज्ञवाली,मदन पन्त ,पुर्व शिक्षक तिलक पौडेल ,अभिभावक प्रेम ढकाल लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य,अभिभावक ,शिक्षक राजनीति दलका प्रतिनिधि,विभिन्न संस्थाका प्रतिनिधि लगायत शैक्षिक सरोकारवालाहरु उपस्थित रहेको विद्यालयका प्रअ ऋषिराम भण्डारीले जानकारी दिए।