ट्रेन्डीङ्ग

शैक्षिक सुधारका लागि जगन्नाथ माविमा अन्तरक्रिया

सुनवल।जगन्नाथ माध्यामिक विधालयले शैक्षिक सुधारका लागि अन्तरक्रिया गरेको छ।विद्यालयले आगामी शैक्षिक शत्र २०८१ लाई लक्षित गर्दै एक वर्षे रणनीति साथै बहुवर्षे कार्ययोजना सहित अन्तरक्रिया गरेको हो।विद्यालयले बनाएको ८ वटा एजेन्डामा छलफल गर्दै स्थानीय तहको सहभागितामा गुणस्तरीय तथा नि:शुल्क शिक्षा सहित मेगा विद्यालयका बनाउने रणनीतिलाई अगाडी सारिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिए।क्षेत्रीले सरकारले आर्थिक सुनिश्चिता साथै शिक्षक,कर्मचारीको व्यवस्थापनमा सहयोग गरेमा विधार्थीलाई नि:शुल्क शिक्षा दिन तयार रहको बताए।अभिभावक शिक्षा कार्यक्रम र खेलकुद तथा नृत्य एकेडेमी स्थापना साथै विद्यार्थीलाई उत्पादनमा जोड दिन एक घर एक करेसावारीको योजना बनाइएको प्राचार्य कर्णबहादुर रहादी मगरले बताए।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुनवल नगरप्रमुख सुर्यप्रसाद दुवेले सुनवल शैक्षिक हवको रुपमा अगाडी बढेको बताउदै विद्यालयले अगाडी सारेका योजनाले नगरको शैक्षिक सुधारमा थप टेवा पुग्नेमा विश्वास व्यक्त गरे।उपप्रमुख दुवेले आर्थिक सुनिश्चिता गर्दै नि:शुल्क शिक्षा क्रमिक रुपमा कार्ययोजना अगाडी बढ्ने बताए। कार्यक्रममा सुनवल वडा नम्बर १२ का अध्यक्ष चुरामणि पौडेल,विद्यालयका व्यवस्थापन समिति महासघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुर्यप्रसाद न्यौपाने,सुनवल नगर अध्यक्ष ज्ञानहरि अर्याल राजनीतिक दलका प्रतिनिधि,व्यवस्थापन समितिका सदस्यहरु,अभिभावक,शिक्षक कर्मचारी लगायतको उपस्थिति रहेको विद्यालयका सहायक प्राचार्य शिक्षक तुलबहादुर घिमिरे जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?