ट्रेन्डीङ्ग

सुनवलमा युवा महिला एकता गठन

सुनवल।सुनवल नगर भित्रका युवा महिला सगठित भई सुनवल युवा महिला एकता गठन गरेका छन।सुनवल नगरभित्रका १३ वटै वडा सम्मेटने गरि १८-४५ बर्षका उमेर समुहका महिलाहरु सगठित हुदै युवा महिला एकता गठन गरेका हुन।

नवगठित युवा महिला एकताले गीता पौडेलेको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ।जस्को उपाध्यक्षमा इन्दिरा बस्याल,मिना नेपाली र सचिवमा वविता बस्याल चयन भएकी छन।त्यसैगरि कोषाध्यक्षमा निर्मला थापा र सहसचिवमा दुर्गाकुमारी न्यौपाने चयन भएकि छन।

त्यसैगरि सदस्यहरुमा क्रशम:सरिता गैरे,विन्दु बस्याल न्यौपाने,सिमा पोखरेल,विष्णु काफ्ले,शान्ता कुवर,गीता कुवर,मिना गैरे,हिरा तिवारी सापकोटा,भगवती भुषाल,लक्ष्मी खडका मगर,निता पुन,लिलावती पुरी,माया अर्याल,सिता पौडेल पराजुली,सपना बिक,सोनाकाली थारु,मिर्मला पाण्डे,सम्झना पनेरु शर्मा लगायत चयन गरिएको सचिव बविता बस्यालले जानकारी दीईन।

महिलाको हक,अधिकार र लैगिक समानता साथैं सुनवलको समृद्दका लागि महिला पुरुषको सहकार्य अनिवार्य उद्देस्थले सहित महिला एकता गठन गरिएको अध्यक्ष गीता पौडेलले बताईन।

समितको पहिलो बैठकले समर्क्षक र ७ जना सल्लाहकार मनोनित गरेको समेत गरेको छ।जसमा रामु पराजुली (रामजी बाबु ) सरक्षक र सल्लाहकारमा क्रमश:हरिदेवी हमाल,दिलकुमारी बुढामगर,दुर्गा कोइराला ,टिचन गुरुङ र ज्योति ढकाल साथै बाकि २ जना थप्ने निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दीईन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal