ट्रेन्डीङ्ग

कवड्डी प्रतियोगिताको फाइनलमा लुम्बिनी र सुदुरपश्चिम भिड्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगिताको फाइनलमा लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रवेश गरेका छन।
जिल्ला खेलकुद बिकास समिति र कवड्डी सघं नवलपरासीद्वारा आयोजित मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कवड्डी प्रतियोगितामा सेमिफाइनलमा लुम्बिनीले मधेस प्रदेशलाई र सुदुर पश्चिमले वाग्मती प्रदेशलाई हराउदै फाइनलमा पुगेको हुन।पहिलो सेमिफाइनल खेलमा बाग्मतिलाई सुदुरपश्चिमले २५ का विरुद्ध ५३ अंकले र दोस्रो सेमिफाइनलमा मधेसलाई २७ का विरुद्ध ६४ अंकले लुम्बिनीले हराउदै फाइनलमा गएको हो।सात प्रदेशलाई २ समुहमा बिभाजन गरि खेलाइएको खेलमा समूह ए बाट सुदुरपश्चिम बिजेता र मधेसी प्रदेश उपविजेता साथै समूह बि बाट लुम्बिनी समूह विजेता र वाग्मती प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए।
मगलबारको पहिलो खेलमा सुदुरपश्चिमले कोशीलाई ७५ का बिरुद्द २२ अंकले पराजित गरेको थियो।दोश्रो खेलमा मधेश प्रदेशले कर्णालीलाई ५४ का बिरुद्द ३६ अंकले पराजित गर्यो त्यसैगरि तेस्रो खेलमा सुदुरपश्चिमले कर्णालीलाई ६६ का बिरुद्द २८ अंकले किनारा लगाएको।त्यसैगरि चौथो खेलमा खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाइ ६६ का बिरुद्द २८ अंकले पराजित गरेको थियो।मगलबारनै भएको पाचौ खेलमा मधेशले कोशीलाई ५५ का बिरुद्द २९ अंकले हराएको थियो भने समूह चरणको अन्तिम खेलमा वागमतीले गण्डकीलाई ४८ अंकका बिरुद्द ३४ अंकले पराजित गरेको जिल्ला खेलकुद समितिका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए।
सुनवलको सि गेटमा भइरहेको प्रतियोगितामा गण्डकी,कोशी,कर्णाली प्रदेश समुह चरणबाटै बाहिरीएका हुन।प्रतियोगिताको विजेताले नगद १ लाख ५०हजार,उपविजेताले नगद १ लाख हजार र सेमिफाइनल पुगेका दुई टोली नगद ५०-५० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन।प्रतियोगितामा उत्कृष्ट खेलाडी बंगलादेशमा हुने बंगबन्धु कप सहभागीका लागि छनौट गरिने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal