ट्रेन्डीङ्ग

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तेस्रो टी-२० खेल्दै

काठमाडौं।नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ।खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।दुवै खेलमा नेपालको मध्यक्रम र तल्लोक्रम ब्याटिङ नचल्दा पराजित भएको थियो।दोस्रो खेलमा २२५ रनको लक्ष्य पछ्याउँदा ६ ओभरमा नेपालले ८७ रन बनाए पनि त्यसपछि राम्रो रन बनाउन सकेको थिएन।

पहिलो खेलमा लोकेश बमले १०६ र दोस्रो खेलमा २५ रन बनाएका थिए।नेपालका शीर्षक्रमका ब्याटर देव खनाल र विनोद भण्डारी राम्रो सुरुवात दिलाएका थिए । नेपालका मध्यक्रम र तल्लोक्रमका ब्याटरले आज राम्रो गर्नुपर्ने हुन्छ । सुरुवाती दुई खेलमा मौका नपाएका नारायण जोशी र तीव्र गतिका बलर विकाश आग्रीले आज खेल्ने मौका पाउन सक्छन् । लोकेशबाट नेपाल आज पनि आक्रामक ब्याटिङ चाहन्छ ।

उता आयरल्यान्ड ए का पिटर मुरले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ६५ रन बनाएका थिए।कप्तान निल रकले पहिलो खेलमा ३८ र दोस्रोमा ७१ रन बनाएका थिए । नेपालले यी दुई खेलाडीको विकेट समयमै लिन सक्नुपर्छ ।

बलिङमा नेपालले दुवै खेलमा २२० माथि रन खर्चेको छ।त्यसैले आजको खेलमा बलरले राम्रो बलिङ गर्नुपर्ने हुन्छ ।

त्यसपछि तीन एक दिवसीय सिरिज हुनेछ । पहिलो खेलमा बुधबार,दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ । नेपाल ए ले टी-२० र एक दिवसीयलाई फरक-फरक टोली घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?