ट्रेन्डीङ्ग

बडेरा सामुदायिक वनमा पुनरुत्पादन कार्यको थालनी

सुनवल।बडेरा सामुदायिक वन उपभोक्ता समूहले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत पुनरुत्पादन कार्यको थालनी गरेको छ । वन विकासका लागि पुनरुत्पादन(कटान-राेपण)अन्तर्गत आइतबार एक कार्यक्रम गरि मुच्छान(कटान)सुभारम्भ गरेको हो ।

वन व्यवस्थापनको पुनरुत्पादन कार्यक्रम अन्तर्गत रुख कटान शुरु गरेको बडेरा सामुदायिक वनका अध्यक्ष मदन पन्तले जानकारी दिए।प्रजनन क्षमता भएका रुखहरूको पहिचान गरी संरक्षण गर्दै कटान गरि त्यहाँ पुनः रुख विरुवाहरू रोपिने अध्यक्ष पन्तले बताए ।

सुनवल १३ का वडाध्यक्ष कृष्ण प्रसाद बगाले,डिभिजन वन कार्यालय नवलपरासीका निमित्त प्रमुख रविन्द्र चौधरी,सामुदायिक वन उपभोक्ता महासघ नवलपरासी अध्यक्ष शारदा पोखरेल,सुनवल नगर अध्यक्ष कर्ण सेन लगायत स्थानीयको उपस्थितिमा पुनरुत्पादनको प्रारम्भ गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?