सुनवल।पश्चिम नवलपरासीको सुनवलमा मुख्यमन्त्री अन्तर प्रदेश पुरुष राष्ट्रिय कवड्डी प्रतियोगिता सुरु भएको छ।लुम्बिनी खेलकुद परिषद मुख्य प्रवर्द्धक रहेको प्रतियोगितामा जिल्ला खेलकुद समिति नवलपरासी र कबब्डी संघ नवलपरासी सहआयोजनामा राष्ट्रिय कबड्डी प्रतियोगितामा लुम्विनी प्रदेशले २ खेलमा जित हात पारेको छ।
सोमबार भएको पहिलो खेलमा सुदुर पश्चिमले मधेस प्रदेशलाई ५८ -३५ हरायो ,दोस्रो खेलमा लुम्बिनीले बागमतीलाई ६९-२९ र चौथो खेलमा लुम्बिनीले गण्डकीलाई ५८-३५ ले किनारा लगायो। त्यसैगरि तेस्रो खेलमा कर्णाली प्रदेशले कोशीलाई ४४-४२ हराएको थियो।
राउन्ड रोमिङमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले नगद १ लाख हजार र सेमिफाइनल पुगेका दुई टोली नगद ४० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन।प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्र किशोर गुप्ताले उद्घाटन गरेका थिए ।
सात प्रदेशलाई २ पोलमा बिभाजन गरिएको छ। ए पोलमा सुदुरपश्चिम ,कर्णाली ,मधेसी र कोशी प्रदेश रहेका छन भने बि पोलमा लुम्बिनी,वाग्मती र गण्डकी प्रदेश रहेका छन।मंगलबारको पहिलो खेल बिहान ७ बजे सुदुरपश्चिम र कोशी बिच हुनेछ।