
परासी।नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आसन्न निर्वाचनमा एक्लै चुनाव लड्ने बताए।
समुदायमा कांग्रेस अभियान अन्तगत दोस्रो चरणको संवाद यात्रामा क्रममा नेपाली कांग्रेस पश्चिम नवलपरासीका पार्टी कार्यकर्ता संग अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसमा सुखी सबै जिल्लामा गुटबन्दीको अन्त्य गरि खुशी ल्याए मात्रै सामुदायमा खुसी ल्याउनु सकिने बताए।
महामन्त्री थापाले जनतामा देखिएको निराशाको कारण र प्रत्यक्षरुपमा सर्वसाधारणको समस्यालाई नजिकबाट अनुभव गरेर समाधानको योजना बनाउन यात्रा सुरु गरेको बताए ।
महामन्त्री थापाले सामुदायमा कांग्रेस अभियान यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो।
दोस्रो चरणको संवाद यात्रा नवलपरासी, रुपन्देही, कपिलवस्तु,दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने नेपाली कांग्रेसले जनाएको छ ।