ट्रेन्डीङ्ग

वन ढडेलो रोकथामका लागि सुनवलमा कार्यशाला गोष्ठी

सुनवल।देशभर वन डढेलोको जोखिम बढ्दै गएको समयमा वनमा डढेलो रोकथाम गर्न उद्धेश्यले पश्चिम नवलपरासीको मुलपानी सामुदायिक वन उपभोक्ता समुहको आयोजना बिकास चौतारीको समन्वयमा वन डढेलो सम्बन्धी पुर्वनुमान र प्रक्षेपण एक दिने कार्यशाला गोष्ठी गरिएको छ ।

वन डढेलो पुर्वनुमान र प्रक्षेपण सम्बन्धि गोष्ठीमा सुनवल नगर भित्रका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षहरुलाई वन डेढेलो के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जल तथा मौसम बिज्ञान केन्द्रिय बिभाग त्रिभुवन विश्वविद्यालय विज्ञहरुले जल तथा मौसम विज्ञान केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालयका विभाग प्रमुख प्रा डा दिपक अर्याल,प्रा डा विनोद पोख्रेल,प्रा डा टेक बहादुर क्षेत्री ,प्रा डा सुरेश मरहट्टा र बैज्ञानिक डा सुष्मा गिरीले वन न्यूनीकरण गर्ने उपायबारे प्रशिक्षित गराएका थिए।

लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले वनमा अधिकाँश आगलागी मानवीय लापरबाहि र कमजोरीको कारण सिर्जित हुने गरेको भन्दै डढेलो लाग्नबाट पूर्वसतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

हरेक बर्ष वन डढेलोको घटना बढ्दै गएकाले आबश्यक सावधानि र सतर्कना संगै सचेतना तथा वन डढेलोको घटना बढ्दो क्रममा रहेकाले समुदाय स्तरमा सचेतना संगै जथाभावि आगलागी गराएर डढेलो लगाउने व्यक्तिहरुलाई कानुनी कारबाही हुने बारेमा समुदाय स्तरमा सन्देश फैलाउन आबश्यक रहेको डिभिजन वन कार्यलय नवलपरासीका प्रमुख रबिन्द्र चौधरीले बताए ।

अधिकाँश वन क्षेत्र समथर जमिनमा रहेको,अधिकाँशमा पानीको सहज उपलब्धता नभएको कारण आगलागीका घटनाले ठुलो क्षति निम्त्याउने गरेको छ।

फागुनदेखि जेठ महिनासम्म डढेलोको जोखिम हुने भएकाले सर्वसाधारण नागरिक,वन उपभोक्ता, सुरक्षा निकाय,स्थानीय तहका जनप्रतिनिधि लगायत सबै सचेत र सतर्क बन्नुपर्नेमा आवश्यक देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal