सुनवल।पश्चिम नवलपरासीको सुनवलमा संचालित सातौं मेयर कप फुटबल प्रतियोगिताको उपाधीको लागि वडा नं १० र ७ बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ।
मच्छेरमारा खेलमैदानमा बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाईब्रेअकरमा वडा नं ७ ले वडा नं ४ लाई विरुद्ध पेनाल्टी सुट आउटमा ३गोलका बिरुद्द २ गोल अन्तरले पराजित गर्दै पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
आजको म्यान अफ द म्याच सुनवल ७ का गोलरक्षक सुदिप पासीले प्राप्त गर्न सफल भए।
हिजो मंगलबार भएको पहिलो सेमिफाईनलमा वडा नं १० ले वडा नं ६ लाई २ गोलको बिरुद्ध ४ गोलले हराउँदै फाईनलमा आफ्नो स्थान सुरक्षीत गरेको थियो।
फाईनल खेल चैत १० गते शनिबार हुनेछ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५१ हजार रुपैँया तथा उपविजेता टिमले नगद ८५ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तैगरि सेमिफाइनलमा पुग्ने २ टिमले २५/२५ हजार प्राप्त गर्ने छन।त्यसैगरी विधागत तर्फ उत्कृष्ट फर्वाड,मिड फिल्डर, गोल किपर,डिफेन्डर र सर्वोत्कृष्ट खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजनाले जनाएको छ।