सुनवल।पश्चिम नवलपरासीको सुनवलमा सामुदायिक विद्यालय व्यवस्थापन महासंघको दोस्रो अधिवेशन सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समिति महासंघ सुनवल नगर अध्यक्ष सुर्यप्रसाद न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद खडग बस्नेतको प्रमुख आतिथ्यतामा महाकवि देवकोटा नमुना विद्यालयमा सम्पन्न भएको हो।
अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले विद्यालयको शैक्षिक सुधारका लागि व्यक्ति र राजनीतिलाई केन्द्रमा राखेर विद्यालयलाई प्रभाव पार्ने उद्देश्यले व्यवस्थापन समितिको अध्यक्ष बन्न खोजियो भने शिक्षा क्षेत्रमा बिग्रने बताए।
विद्यालय सुधारका लागि विद्यार्थीको सख्या बढाउने मात्रै नभई गुणस्तरीय शिक्षाका लागि सिकाई उपलब्धि बढाउनमा जोड दिनपर्ने बस्नेतको भनाइ छ।
अधिवेशनका व्यवस्थापन समिति महासंघका केन्द्रिय सदस्य रामबहादुर क्षेत्री, जिल्ला अध्यक्ष रमेश बस्याल,सुनवल नगरपालिका कार्यपालिका सदस्य भगवती बस्याल,शिक्षा शाखा प्रमुख बिष्णु गोतामे लगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सबैले आ-आफ्नो ठाउँमा सर्घष गर्नुपर्ने बताए ।
अधिवेशनले ज्ञानहरी अर्यालको अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ।जसको उपाध्यक्षमा मोहन नाथ,कुँवर सचिवमा दीपक राना सहसचिवमा जयप्रकाश चौधरी र कोषाध्यक्षमा कर्ण बहादुर पुन निर्वाचित भएका छन।
त्यसैगरी सदस्यहरूमा गौतम परियार,तारा बलाल,टीकाराम अधिकारी,इश्वरी राना,जीतबहादुर पुन,चन्द्रकुमारी बस्नेत,मणिमाया थापा,रामकान्त अर्याल रहेका छन।
सुनवल नगरपालिका भित्र ३५ वटा सामुदायिक विद्यालय रहेका जसमा करिब १४ हजार बढी विद्यार्थीहरु अध्ययन गर्छन।
सुनवल नगरको शैक्षिक तथा भौतिक बिकासका लागि नगर भित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुको संजाल सक्रिय बनेको छ।