ट्रेन्डीङ्ग

चौथो सुस्ता अध्यक्ष कपको उपाधी योङ्ग गोर्खाली भुमहिलाई

सुस्ता।पश्चिम नवलपरासीको सुस्तामा सम्पन्न चौथो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि योङ्ग गोर्खाली भुमहिले जितेको छ। फाइनलमा भारतीय टिम हर्नाटार स्पोट्स क्लबलाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि जितेको हो।

सुस्ता गाउँपालिकाको आयोजना र वडा नम्बर ४ को व्यवस्थापनमा नर्सही खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा योङ्ग गोर्खालीका बिनोद भट्टराईको एक गोल नै निर्णायक बन्न पुग्यो।

उपाधि विजेता टिम भुमहिले १ लाख ५५ हजार शिल्ड मेडल प्राप्त गरेको छ भने उपविजेता टिम हर्नाटारले १ लाखमा प्राप्त गरेको छ। विधागत तर्फ उत्कृष्ट गोल किप्पर माधव तिवारी र सर्वाधिक गोलकर्ता बिनोद भट्टराईले व्यक्तिगत बनेका खेलाडी २५००/२५०० नगद ट्रफी प्राप्त गरेका खेल संयोजक समराज गुरुङले जानकारी दिए ।

गत फागुन २० गतेदेखि संचालित प्रतियोगितामा नवलपरासी, रुपन्देही र नवलपुर जिल्लाका विभिन्न क्लब सहित छिमेकी देश भारतका गरि १० टिम सहभागी रहेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal