ट्रेन्डीङ्ग

रामग्रामका स्वास्थ्यकर्मिलाई उष्ण प्रदेशिय रोगबारे एक दिने पुर्न:ताजगी तालीम

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका स्वास्थ्यकर्मीलाई उपेक्षित उष्णप्रदेशिय रोगबारे एकदिने पुनःताजगी तालिम दिइएको छ।फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासीद्वारा साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा र रामग्राम नगरपालिकाको स्वास्थ्य शाखामा आयोजना रामग्रामका स्वास्थ्यकर्मीहरुलाई उपेक्षित उष्णप्रदेशिय रोगहरु सम्बन्धि एकदिने पुनःताजगी तालिममा सहभागिता रहेकोे थियो।

तालिमको उद्द्घाटन शत्रलाई सम्बोधन गर्दै रामग्राम नगरपालिकाका नगर उपप्रमुख सम्झना चौधरीले अहिले पनि हाम्रो समाजमा कुष्ठरोग जस्ता रोगबाट प्रभावित भएका ब्यक्तिहरु लुकेर बसेको र सेवाबाट बन्चित रहेका छन् ती ब्यक्तिहरुको अब खोजी खोजी सेवामा पहुँच बढाएर उनिहरुलाई अपाङ्गता हुनबाट जोगाउनको लागि स्वास्थ्यकर्मीहरुलाई निर्देशन गर्नुको साथै फेयर मेड फाउन्डेसन र इन्द्रेणी सामाजिक बिकास मञ्चको आधारभुत स्वास्थ्य परियोजनाले उल्लेखनीय काम गर्दै आएको र अगामी दिनमा पनि यस्तै उल्लेखनीय कार्यहरु गर्दा पालिकाले के कति सहकार्य गर्नुपर्ने हो पालिकाले गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन।

आधारभुत स्वास्थ्य परियोजनाका परियोजना सयोजक पुस्प आर्यालले तालिम एउटा क्षमता बिकास गराउने आधार भएकाले केहि कुराको सिकाई हुने बताए। तालिमलाई आफ्नो व्यवहारमा लागु गर्नुपर्ने र यो उपेक्षित उष्ण प्रदेशिय रोगहरु निदान गरि यसलाई निवारण स्वास्थ्य कर्मिले महत्त्व साथ हेर्नुपर्ने अर्यालले बताएका छन।

इन्द्रेणीले पश्चिम नवलपरासीमा बिगत बर्षदेखि  सामाजिक कार्यहरु गर्दै आएको र जिल्लाका ७ वटै स्थानीय तहलाई कार्य क्षेत्र बनाएर आधारभुत स्वास्थ्य परियोजना अन्तर्गत स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको आधारभुत स्वास्थ्य परियोजनाका जिल्ला अधिकृत एवं इन्द्रेणी सामाजिक बिकास मञ्चका सूचना अधिकारी पुष्पराज आचार्यले बताए।

सो तालिममा रामग्राम नगरपालिकाका सम्पुर्ण करिब १९ जनाको सहभागिता रहेकोे थिए भने तालिमको सहजीकरण डा.गगाराम यादव गरेको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?