ट्रेन्डीङ्ग

राजनीति दबाबका बीच सुनवलका एक सय ५३ घरपरिवारलाई लालपुर्जा वितरण

सुनवल।पश्चिम नवलपरासीको सुनवलका घरपरिवारलाई जग्गा धनीपुर्जा(लालपुर्जा)वितरण गरिएको छ।सुनवल-१० गैडाखालका १५३ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

राष्ट्रिय राजनीतिमा परिवर्तन आए सगै विभिन्न राजनैतिक दलको अवरोधका विच भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको राष्ट्रिय भूमि आयोग अध्यक्ष केशब निरौलाले बताए।

विगतमा बनेका भुमि आयोगले बाडेका पुर्जाको १ लाख बढी निवेदन परेको अवैधानिक भएकोले पुन:प्रक्रिया पुरा गरेर पुर्जा वितरण गरिने अध्यक्षले बताए।सरकार निर्माण गरेका सरचना र सरकारको मुख एउटै हुनुपर्नेमा कोइरालाको भनाइ थियो ।

कार्यक्रममा पुर्व गृह राज्य मन्त्री देवेन्द्र राज कंडेल,लुम्बिनी प्रदेश सदस्य खडक बस्नेतसुनवल नगर उपप्रमुख सुर्य दुवे,राष्ट्रिय भुमि आयोगका अध्यक्ष देवराज भण्डारी,सुनवल नगरपालिका वडा नम्वर ७ का अध्यक्ष नारायण आचार्य,भुमी आयोग सदस्य भविश्वर तिवारी,लक्ष्मी भुसाललगायतले भुमि अयोगले गरेको महत्त्वपूर्ण कार्य भएको भन्दै प्रशंसा गरेका थिए । आफैले जोतभोग गर्दै आएको जग्गा पुर्जा पाएसगै सरकारी काम काज गर्न सहज हुनेमा स्थानीय खुशी व्यक्त गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?