ट्रेन्डीङ्ग

मुलुकको वर्तमान समस्या समाधानको लागि संविधान संशोधन गर्नुपर्ने: त्रिपाठी

परासी।जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयस त्रिपाठीले संविधान संशोधन र मुलुकमा देखिएको बर्तमान चुनौतीको विषयमा राजनितिक दलबीच अनौपचारिक कार्यदल बनाएर छलफल भैरहको बताए।

पश्चिम नवलपरासीको परासीमा जनता प्रगतिशिल पार्टीले पत्रकार सम्मेलन गर्दै त्रिपाठीले यस्तो बताएका हुन्।

जनतामा बढ्दो निराशा कम गरेर,आर्थिक र सामाजिक रुपमा मुलुकलाई सुढृण बनाउन संविधान संशोधन आवश्यक रहेको भन्दै त्यसका लागि मुख्य राजनितिक दलका प्रतिनिधीसंग छलफल भैरहेको त्रिपाठीले बताए।संविधानको संसोधन के के विषयमा गर्ने भन्ने विषय भने टुंगो लागि नसकेको उनले बताए।

संघिय लोकतान्त्रिक गणतन्त्र सुढृणीकरण गर्ने,लाल आयोगको प्रतिवेदन सार्वजनिकरण,अर्थतन्त्रको चुनौतीलाई पार गर्ने विषयमा साझां धारणा बनाउने विषयमा पनि मुख्य दलसहित अन्य दलहरुसंग कार्यगत एकताको प्रयास भैरहेको उनले बताए।

बर्तमान मुलुकको समस्या समाधानको लागि संविधान संशोधन गर्नुको बिकल्प नरहेको भन्दै त्यसका लागि ठुला तीन दलबीच साझां सहमति कायम गर्नुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal