ट्रेन्डीङ्ग

फिफा विश्वकप छनौट : बहराइन बिरुद्द खेल्ने नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाण्डौ । फिफा विश्वकप २०२६ एसियाली छनोट अन्तर्गत बहराइन सँगको दुई वटा खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनिसले ३३ सदस्यीय टोलीको घोषणा गरेका छन।

नेपालले बहराइनसँग मार्च २१ र मार्च २७ मा खेल्दैछ।प्रारम्भिक टोलीको गोलकिपरमा अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ रहेका छन।

यस्तै डिफेन्डरमा अजय चौधरी,अनन्त तामाङ,अञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ परेका छन।

मिडफिल्डरमा एरिक विष्ट,विशाल तामाङ,कृतिशरत्न छुन्जु,लकेन लिम्बु, मनीकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज ज्यु ठकुरी र उत्सव राई छन।

फरवार्डमा अञ्जन विष्ट,आयुष घलान,दिनेश हेन्जन,जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ र सन्जीव विष्ट प्रारम्भिक टोलीमा परेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal