ट्रेन्डीङ्ग

लुम्बिनी माविले ३१ औं वार्षिकोत्सब मनायो

सुनवल।लुम्बिनी माध्यामिक विद्यालय सुनवल १ सोमनाथ ३१ औंं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ।विद्यालयले विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरि मनाएको हो।

वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद खडग बस्नेतले सामुदायिक बिद्यालयको गुणस्तरीय शिक्षाको अभियानमा विगतदेखी लागेको बताउनुभयो । बिद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारको लागि व्यक्तिगत र प्रदेश सरकारबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक सुधार र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने सांसद बस्नेतले जोड दिनुभयो।

कार्यक्रममा सुनवल वडा नम्बर १ का अध्यक्ष मान बहादुर थापा,सुनवल शिक्षा शाखा अधिकृत पशुपति भट्टराई, सुनवल विद्यालय व्यवस्थापन समिति संजालका अध्यक्ष सुर्यप्रसाद न्यौपाने,त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चैत्यन्यप्रसाद शर्मा, पुर्वविद्यार्थी मञ्चका संयोजक मनोज न्यौपाने,महाकवि देवकोटा क्याम्पस अध्यक्ष कृष्णप्रसाद लामिछाने,नेकपा एमाले नगर अध्यक्ष दुर्गानारायण सुवेदी शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका गंगाबहादुर गुरुङको अध्यक्षतामा र शिक्षक चुरामणी खनाल संचालनमा भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक हुमनाथ सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी चिनि मिलका कर्मचारीका छोराछोरी निजीस्तरमा पढाउने स्थापित विद्यालय भएको बताए।

सुवेदीले शैक्षिक गुठी र निजी करण हुदै सोमनाथ आधारभूत बिच मर्जर भई हाल सामुदायिक तरिकाले संचालनमा आएको बताउदै विद्यालयमा सहित १ हजार ३ सय ६५ जना बिद्यार्थीले पठनपाठन गर्दछन भने ६८ जना शिक्षक कर्मचारी कार्यरत रहेकोे जानकारी दिए।

विद्यालयमा विशेष क्षमता भएका विद्यार्थीलाई अध्ययन गराउदै आएको छ।

विभिन्न विद्यामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिनुका साथै कार्यक्रम अवधीभर विद्यार्थी शिक्षकहरुको सांस्कृतिक प्रस्तुती गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?