ट्रेन्डीङ्ग

फागुन १६ देखि नवलपरासी औद्योगिक व्यापार मेला

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि ३० गतेसम्म छैठौं नवलपरासी औद्योगिक व्यापार मेला हुने भएको छ। मेलाको तयारी तिव्र पारिएको आयोजक नवलपरासी उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो।

रामग्राम ५ परासी स्थीत बाईपासमा हुने व्यापार मेलामा कृषि, पर्यटन र उद्योग क्षेत्रको पर्वद्धन गर्दे यस क्षेत्रको व्यापार प्रर्वद्धन गर्ने मुख्य उदेश्य रहेको अध्यक्ष ओमप्रकाश अग्रहरीले बताए । पुरातात्विक तथा ऐतिहासिक धार्मिक स्थल रामग्राम स्तुप, पण्डितपुर लगायत विभिन्न स्थलको स्थलहरुको थप प्रर्वद्धन गर्न पनि मेला सहयोगि हुने विश्वास लिईएको छ ।

मेलामा सूचना प्रविधिको प्रदर्शनी, सहित यस क्षेत्रको विकास तथा व्यापार प्रर्वद्धनका सवालमा विभिन्न सेमिनार तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको उपाध्यक्ष गिरीराज पाण्डेले जानकारी दिए ।

साथै बाल उद्यान सहित विभिन्न खानाका परिकार, जातिय पहिचान झल्कनै कला संस्कृतीको प्रर्दशनी र स्थानिय तथा राष्ट्रिय कलारकारको प्रस्तुती रहने जनाईएको छ । मेलामा विभिन्न विधाका १ सय ५० स्टल रहने छन् । मेला यस क्षेत्रको आर्थिक विकासका लागी सहयोगि हुने विश्वास व्यक्त गर्दे उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारीले अर्थतन्त्र ओरालो लागिरहेको विषम परिस्थीतीमा निर्यात बढाउनुपर्नेमा जोड दिए।

दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको व्यापार मेलामा करीब पाँच करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थि तथा समुह बनाई आउनेको हकमा पचास रुपैयाँ र विद्यालय कार्डको आधारमा ७० रूपैयाँमा टिकट उपलब्ध गराईने छ ।

मेलालाई सबैको गौरवको विषय बनाउनुपर्ने र उद्योगि व्यापारी मात्रै नभई यस क्षेत्रका नागरिकले अपनत्व महसुस गर्नुपर्नेमा संघका सल्लाहाकार श्याम कुमार बस्यालले जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?