ट्रेन्डीङ्ग

सुनवल – १२ का ६२ जना सुत्केरी आमालाई पोषण सामाग्री वितरण

सुनवल । सुनवल नगरपालिका १२ मा सुत्केरी आमालाई पोषण सामाग्री वितरण गरेको छ । गर्भवती भएको समयदेखि रामनगर स्वास्थ्य चौकीमा नियमित चेकजाँच गर्ने ६२ जना सुत्केरी महिलालाई रामनगर स्वास्थ्य चौकी संचालक तथा व्यवस्थापन समितिले पोषण सामग्री वितरण गरेको हो।

वडा स्तरीय स्वास्थ्य कार्यक्रम अन्तर्गत बच्चा र सुत्केरी आमाको स्वास्थ्य पोषण सामाग्री गरि वितरण गरिएको वडा १२ का वडा अध्यक्ष चुरामणी पौडेलले जानकारी दिए।आगामी दिनमा रामनगर स्वास्थ्य चौकीबाट नियमित चेकजाँच गर्ने गर्भवती महिलालाई पोषण सामाग्री वितरण गरीने वडा अध्यक्ष पौडेलले बताए।

पोषण सामग्री अन्तर्गत घ्यु ,चना, एक क्रेटका दरले अन्डा, गेडागुडी, साबुन,जुवानो लगायतका सामग्री वितरण गरिएको रामनगर स्वास्थ्य चौकी सिनियर अहेव सुमित्रा दर्जीले जानकारी दिइन।

पोषण सामग्री वितरण कार्यक्रम रामनगर स्वास्थ्य चौकी संचालक तथा व्यवस्थापन समितिका अध्यक्ष एव  सुनवल नगरपालिका -१२ का वडा अध्यक्ष चुरामणि पौडेल(दिपक)को अध्यक्षयता तथा सुनवल नगर उपप्रमुख सुर्यप्रसाद दुवे,जिल्ला कार्यालय प्रमुख ओमप्रकाश पन्थी,सुनवल स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद न्यौपाने,वडा १२ का पुर्व अध्यक्ष यामलाल पाण्डेय लगायतको उपस्थितिमा वितरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?