ट्रेन्डीङ्ग

लुम्बिनी माविमा भूतपूर्व विद्यार्थी समाज गठन

सुनवल । पश्चिम नवलपरासीको सुनवल १ मा रहेको लुम्बिनी माध्यमिक विद्यालयमा भूतपूर्व विद्यार्थी समाज गठन गरिएको छ । समाजको अध्यक्षमा विद्यालयका पूर्व विद्यार्थी मनोज न्यौपाने चयन भएका छन।

विद्यायलमा आयोजित पूर्व-विद्यार्थीहरुको भेलाले सो समिति गठन गरिएको हो । समाजको सचिवमा सागर राना रहने गरी १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

विद्यालय र पुर्व विद्यार्थीको सम्बन्ध , सहकार्य बृद्दि गर्दै संग्रह विद्यालयको बिकास विषयलाई मध्यनजर गर्दै पूर्व विद्यार्थीहरुलाई समेट्न र अक्षयकोष स्थापना गर्न पूर्व विद्यार्थीहरु संगठित भएको विद्यालयका पूर्व विद्यार्थी मनोज न्यौपानेले जानकारी दिए । पूर्व विद्यार्थी समाजले आगामी दशैमा पुर्व विधार्थी मिलन कार्यक्रम गर्ने तयारि रहेको न्यौपानेले जानकारी दिए।

विद्यालयका व्यस्थापन समितिका अध्यक्ष गङ्गा बहादुर गुरुङको अध्यक्षता सुनवल-१ जनप्रतिनिधि कृष्णबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा ३० बढी पुर्व विधार्थीको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?