ट्रेन्डीङ्ग

सुनवल -१३ का ४ परिवारलाई जस्तापाता वितरण

बडेरा । सुनवल नगरपालिका १३ ले वडा भित्रका गरिब तथा बिपन्न नागरिकलाई जस्तापात वितरण गरेको छ । वडा भित्र रहेका खर तथा खपटा घरको छाना भएकालाई बिस्थापित गर्ने उदेश्यले ४ परिवारलाइ जस्तापाता वितरण गरिएको हो ।

सुनवल नगरपालिका वडा न १३ को आवा २०८०/८१ को बिपन्न नागरिक जस्तापाता बितरण कार्यक्रम अन्तर्गत ४ परिवारलाई वडा भित्र रहेका खर तथा खपटाको छाना भएकालाई बिस्थापित गर्ने उदेश्यले पहिलो चरणमा ४ परिवारलाई वितरण गरिएको र वडालाइ खर तथा खपदा छाना मुक्त वडा बनाउने उदेश्य रहेको सुनवल नगर प्रवक्ता एव वडा नम्बर १३ का अध्यक्ष कृष्णप्रसाद बगाले बताए।

सो कार्यक्रम वडा सचिव भिमबहादुर चौधरी र कर्मचारी निर्मल सापकोटाको सहजिकरण तथा वडा जनप्रतिनिधि तुलसी चौधरीको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?