ट्रेन्डीङ्ग

सुनवलमा बस र टिप्पर एक आपसमा ठोक्किँदा १७ जना घाइते

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा बस र टिप्पर एकआपसमा ठक्कर खादा बस चालक सहित १७ जना घाइते भएका छन । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल आउदै गरेको लु २ ख १६९६ नम्बरको टिप्पर बिहीवार राती पौने १० बजे सुनवल – ४ अल्कत्रे डाडां नजिकै ठक्कर खाएका हुन ।

दुर्घटनामा घाइतेको उपचारका लागि १३ जना देवदह मेडिकल कलेज भलुही,४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइते मध्य १ जनाको अवस्था गम्भीर , ७ जना मध्य र ९ जनाको अवस्था सामान्य रहेकोे डिएसपी बोहराले जानकारी दिनुभयो ।

सवारी साधन र टिप्पर चालकलाई नियन्त्रणमा लिइ दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?