ट्रेन्डीङ्ग

प्रथम देवदह राष्ट्रपति रनिङ शिल्डको उपाधी देवदह माविलाई

देवदह । रुपन्देहीको देवदहमा संचालित प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधी देवदह माध्यमिक विद्यालयले प्राप्त गरेको छ । माघ १२ देखि १४ सम्म संचालित प्रतियोगितामा भएका खेलहरूमा सर्वाधिक १२ स्वर्ण पदक जित्दै देवदह माध्यमिक विद्यालयले रनिङ सिल्ड प्रथम भएको हो ।

देवदह माविले १२ स्वर्ण सङ्गै ४ रजत र ३ काश्य हात पारेको छ ।

त्यस्तै सगरमाथा आवासीय माविले ३ स्वर्ण, ६ रजत र २ कास्य जित्दै द्वितीय भएको छ, भने केरवानी माविले ३ स्वर्ण ५ रजत र ६ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ।

रनिङ शिल्ड उचालेको देवदह माविले नगद १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले नगद १० हजार र तृतीय भएको केरवानी माविले नगद ५ हजार प्राप्त गरेको छ ।

रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यता, देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत र नगर शिक्षा अधिकृत प्रशुराम ढकाल र शिक्षक इन्दिरा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

देवदह नगरपालिकाको आयोजना र देवदह माध्यमिक विद्यालयको समन्वयमा भएको प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी २५ वटा विद्यालयको सहभागिता रहेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal