ट्रेन्डीङ्ग

रामग्रामबाट लागुऔषध सहित एक जना पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – १८ धरमपुरबाट लागुऔषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परासीबाट भित्रीसडक हुदै धरमपुरतर्फ जादै गरेको मोटरसाइकललाई चेकजाँचका क्रममा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रेशम बोहोराका अनुसार परासीबाट धरमपुर जाँदै गरेको लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई चेकजाँचका क्रम विभिन्न किसिमका लागुऔषध सहित रामग्राम १५ डिगोलका २४ बर्षिय नुर मोहम्मद धुनियालाई पक्राउ गरिएको बताए ।

पक्राउ परेका धनियाको साथ रहेकोे झोलामा विभिन्न किसिमला डायजेपाम १०० एम्पुल,फेनेर्गन १०० एम्पुल,नोर्फेन १०० एम्पुल र नाइट्रेट २० पत्ता (६०० ट्याब्लेट) लागुऔषध बरामद गरिएको डिएसपी बोहराले जानकारी दिए ।

पक्राउ परेका धुनिया सहित मोटरसाईकललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पश्चिम नवलपरासीमा प्रहरीले पछिल्लो सिमावर्ती क्षेत्र र जिल्लामा सक्रियता बढाए सगै लागुऔषघ ओसारपसार गर्नेलाई निरन्तर पक्राउ गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal