सुनवल । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शरद भट्टराईको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य खड्क बस्नेतको प्रमुख आतिथ्यतामा सुनवल स्थित रमावापुर माविमा सम्पन्न भएको हो ।बैठकको औपचारिक कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा संसद वस्नेतले विद्यालयको बिकासका लागि भौतिक पुर्वाधारको बिकासले मात्र नभई समय सुहाउँदो प्रविधि र शिक्षण पद्धतिमा सुधार ल्याउनुपर्ने बताए ।सांसद बस्नेतले व्यवस्थापन महासंघले विद्यालयको सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावक संगको सहकार्य हुनुपर्ने र असल शिक्षकको शिक्षण क्रियाकलापले विद्यार्थीलाई सुधार गर्न प्रेरित गरे मात्रै समाज र देशमा परिवर्तन आउनेमा भन्दै शैक्षिक सुधारका कार्यक्रममा महासंघमा सदैव सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।त्यसैगरी विद्यालय व्यवस्थापन समिति महासंघ समितिका केन्द्रिय उपाध्यक्ष नल बहादुर रानाले हामी सुधार गर्छौ हाम्रो विद्यालय नारा सहित व्यवस्थापन समिति गठन गरिएको हो र हामी समग्र विद्यालयको मात्र नभई शिक्षक अभिभावक र विद्यार्थीको हकहितका लागि गठन भएको सस्था भएको बताए । समितिलाई राज्यले कुनै पनि सहयोग नगरेको बताउदै शिक्षा विधेयकका विभिन्न बुद्दामा असहमति जनाउदै माग गरिएकोमा कुनै पनि सम्बोधन नगरीएको उपाध्यक्ष रानाले बताए ।कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति पश्चिम नवलपरासी अध्यक्ष रमेश बस्यालले सामुदायिक विद्यालयलाई निजि भन्दा अब्बल र दक्ष्य जनशक्ति उत्पादन गर्न सक्षम छौ भन्नेमा प्रमाणित भएको बताए।कार्यक्रम व्यवस्थापन समिति महासंघ केन्द्रिय सदस्यद्वय रामबहादुर क्षेत्री,सुशील केसि,प्रदेश समिति सदस्यहरु,लुम्बिनि प्रदेशका १२ जिल्लाका अध्यक्षहरु लगायतको उपस्थित रहेको थियो।विद्यालय व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष सुर्यप्रसाद न्यौपानेको स्वागत सचीव महेश न्यौपानेको संचालनमा भएको थियो ।