ट्रेन्डीङ्ग

स्थापना दिवसमा आठ जना शेयर सदस्यलाई सहुलियत ऋण प्रदान

बर्दघाट।हाम्रो सुपर साकोस बर्दघाट २ चिसापानीले आफ्नो १३ औ स्थापना दिवसको अवसरमा संस्थाका ८ जना शेयर सदस्यहरुलाई सहुलियत ऋण प्रदान गरेको छ ।

स्थापना दिवस कार्यक्रममा ब्यवसायिक कृषि पेशा गरेका ८ जना शेयर सदस्यहरुलाई संस्थाले तोकेको मापदण्ड अनुसार सहुलिएत दरमा ऋण प्रदान गरीएको संस्थाका अध्यक्ष खेमराज सुवेदीले बताए ।

त्यसैगरी सोही अवसरमा संस्थाका शाखा समिति सदस्य ईन्द्रजित चौधरी बर्दघाट उद्योग वाणीज्य संघमा कोषाध्यक्ष पदमा निर्वाचित भएका र सल्लाहकार डिलकुमारी कुवंर जिल्ला वचत तथा ऋण सहकारी संघको सदस्यमा मनोनित भएकोमा दुबैलाई संस्थाले सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र निर्वतमान अध्यक्ष माया पौडेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु बहादुर वरालले गरेका थिए।

संस्थाको १३औ स्थापना दिवस मनाउने कार्यक्रममा संचालक समिति,लेखा समिति ,सल्लाहकार तथा बिभिन्न उपसमितिका संयोजक एवं सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको संस्थाका व्यवस्थापन विष्णु बहादुर वस्नेतले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?