ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीको एक औषधि पसल र प्रयोगशाला सिल

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा मापदण्ड विपरीत सञ्चालित एक औषधि पसल र प्रयोगशालामा अनुगमन समितिले सिल गरेको छ । रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले बुधबार नगरभित्र रहेका औषधि पसल र क्लिनिकमा गरेको अनुगमनको क्रममा मापदण्ड विपरितकालाई सिल गरेको हो ।

सेवाग्राहीबाट सरकारले तोकेभन्दा बढी स्थानीयबाट व्यापक जनगुनासो आएपछि अनुगमन गरिएको रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले बताईन।

‘केही औषधि पसल र प्रयोगशालामा मानवको स्वास्थ्य प्रति नै बेवास्ता गरिएको पाईयो’उनले भनिन्,‘म्याद नागेको औषधि,प्रयोगशाला पनि मापदण्ड विपरीत भेटियो,दुईवटा संस्थामा सिल नै गरेका छौं ।’

अनुगमन समितिले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा दर्ताबिना सञ्चालन भएको गुप्ता मेडिकल हल सिल गरेको छ । यसैगरी वडा नम्बर १७ पटखौलीमा रहेको सेलिसा फर्माद्धारा सञ्चालित प्रयोगशाला पनि सिल गरिएको छ ।

अनुगमन समितिले जिल्लाको सदरमुकाम बुद्धचोक क्षेत्रमा रहेको औषधि पसल र रामग्राम नगरपालिकाको ग्रामीण क्षेत्रमा रहेको औषधि पसलमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा सदरमुकाममा रहेका केही औषधि पसलहरुले सेवाग्राहीसँग सरकारले तोकेभन्दा चार गुणासम्म सेवा शुल्क लिएको भेटिएको स्वास्थ्य कार्यालयका परासीका प्रमुख ओमप्रकाश पन्थीले बताए।

औषधि व्यवस्था विभागबाट दर्ता भएको व्यक्ति भन्दा अन्य व्यक्तिले फार्मेसी सञ्चालन गरेको पनि भेटिएको थियो । अनुगमनको क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएको साथै म्याद गुज्रिएको औषधि बिक्री वितरण गरेको पाईएकोले उक्त औषधिहरु नियन्त्रणमा लिई जफत गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal