ट्रेन्डीङ्ग

महायज्ञ सुनवलको चिनारीका लागि महत्त्वपूर्ण भुमिका खेल्ने : प्रतिनिधि सभा सदस्य प्रधान

सुनवल । योग तथा वहुउपयोगी ध्यान केन्द्र निर्माणका लागी सुनवलमा आज श्रीमद्भागत धन धान्यचल ज्ञान महायज्ञको समुद्घाटन भएको छ ।

प्रतिनिधि सभा सदस्य एवं पुर्व कानुन मन्त्रि धुर्वबहादुर प्रधानले महायज्ञको समुदघाटन गर्दै सुनवलको चिनारीका लागी महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने वताए । जुन उद्देश्यका साथ महायज्ञ सुरु गरिएको छ त्यो अवश्य पुरा हुने र त्यसमा सवै एकजुट हुनुपर्ने प्रतिनिधीसभा सदस्य प्रधानले बताए ।

पार्टिभन्दा माथि उठेर देश विकासमा अग्रसर हुन र विकासको सन्दर्भमा एकता हुनुपर्नेमा समेत संसद प्रधानले जोड दिए । साथै वहुउपयोगी ध्यान केन्द्रका लागी संघिय संसदमा समेत पहल गर्ने संसद प्रधानको भनाई छ ।

आज देखि सुरु भएको ज्ञानमहायज्ञको समुदघाटन पुर्व सुनवलको पश्चिममा तुरीया, पुर्वमा सोमनाथ,दक्षिणमा देवकोटा मावी र उत्तरमा वनाह चोकबाट वाजा गाजा, भजन सहित हजारौंको संख्यामा प्रभातफेरी निकालिएको थियो।

महायज्ञको आयोजक हाम्रो सुनवल निर्माण सत्मार्ग मुल समारोह समिति समितिका संयोजक भिम वहादुर थापाले सुनवलमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको योग तथा वहुउपयोगी ध्यान केन्द्र वनाउनका लागी महायज्ञ संचालन गरेको बताए।

साथै ध्यान केन्द्र संगै जेष्ट नागरिक संरक्षण केन्द्र र प्राकृतिक चिकित्सालय वनाउनका लागी सवै एक जुट हुन आग्रह गरेका थिए । ८ गते सम्म संचालन हुने महायज्ञमा प्रमुख कथा वाचक वाचन प्रविण पं.दिनवन्धु पोगखरेल र महायज्ञ संकल्पकर्ता वालव्यास श्रणव न्यौपानेले कथा वाचन गर्ने अयोजकले जनाएको छ ।

समुदघाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य केशव भण्डारी, मुल समारोह समितिका प्रवक्ता कृष्ण लामिछाने,सह संयोजक मोहन लगाएत वोल्नुभएको महासचिव लेखनाथ खरेलले जानकारी दिए।

महाय यज्ञमा प्रत्योक दिन मण्डव पुजापाठपारायण , प्रत्येक दिन विहान ११ बजेबाट ४ बजे सम्म भागवत कथा वाचन , भजनकृतन, झाकि साथै दानविर दाताको सम्मान, रुद्रि पाठ, चण्डी पाठ सहित ह्वन कार्यक्रम , भक्तजनको इच्छाअनुसार ग्रह शान्ति, तुलादान, अपरहान्न ४ बजे देखि श्रृगारिक आरती टिका प्रसाद वितरण र साझँ ७ बजे देखि १० बजे सम्म महात्म्य राष्ट्रिय खेती प्राप्त कलाकार द्धारा भजनकृतन एवं झाकि प्रर्दशन गरिने संयोजक भिम वहादुर थापाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal