ट्रेन्डीङ्ग

सहकारी महासंघको चुनाव सरगर्मी बड्यो , कंडेलले बनाए निर्वाचन परिचालन समिति

परासी।राष्ट्रिय सहकारी महासंघको आसन्न महाधिवेशन लाई लक्षित गरी नेपाली कांग्रेसको सहकारी विभागका प्रमुख देवेन्द्रराज कण्डेलले केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेका छन।

कंडेलले कांग्रेस निकट सहकारीकर्मी भानुभक्त ढकाल संयोजक रहेको केन्द्रिय निर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन गरेका हुन।पुस २७ र २८ गते सहकारी महासंघको साधारण सभा तथा अधिवेशन हुंदैछ।

विभागका प्रमुख कंडेलले निर्वाचनमा पार्टीनिकट सहकारीकर्मीलाई जिताउन रणनीति बनाउन ७७ वटै जिल्ला सभापतिलाई परिपत्र गरेर जिल्लाको सहकारी संस्था सम्बन्धी विवरण मागेका छन।

महाधिवेशनको प्रतिनिधिमा जिल्ला स्तरीय सहकारी संघहरुबाट प्रतिनिधित्व गर्ने व्यवस्था रहेकाले ७७ वटै जिल्लासँग विवरण माग गरेका हुन।पुस २३ गतेसम्म विवरण केन्द्रीय कार्यालयमा पठाउन समेत परिपत्रमा भनिएको छ।

वचत तथा ऋण,वहुउद्देश्यी,साना किसान,विशिष्टीकृत लगायत सबै सहकारीका जिल्ला संघ,प्रदेश संघ र केन्द्रीय संघको सहभागिता हुने महाधिवेशनमा करिब ३ सय २० मतदाता हुन्छन् ।

यस अघि पुस ७ र ८ गते सम्पन्न वचत तथा ऋण सहकारी संघ(नेफस्कुन)को निर्वाचनमा विभाग प्रमुख कंडेलको रणनीतिले गर्दा पहिलोपटक नेपाली कांग्रेस निकट सहकारीकर्मी अध्यक्षमा निर्वाचित भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?