ट्रेन्डीङ्ग

बर्दघाटको भटौलियामा ट्रष्ट भत्किदा १० जना घाइते

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते भएका छन । बर्दघाट १२ भटौलियामा कजरिया टायल्स उद्योगको निर्माणाधिन ट्रष्ट भत्किएको हो ।

घाईते सबै मजदुर रहेको बताइएको छ र उनिहरुको बर्दघाटमा रहेको चौपत्ता सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

छतमा काम गरिरहेको समयमा क्रेनको ठक्करबाट ट्रष्ट विस्तारै भत्किएका कारण ठुलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि रेशम बोहोराले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?