ट्रेन्डीङ्ग

तेस्रो सुनवल महोत्सब लक्ष्य नजिक : उद्योग वाणिज्य संघ सुनवल

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी तेस्रो सुनवल महोत्सव लक्ष्यनजिक रहेको आयोजक उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।

उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा मंसिर २१ गतेदेखि संचालित महोत्वस पुस ४ गतेसम्म संचालनमा रहेको छ ।

महोत्सवमा अवलोकन कर्ताहरुको उपस्थीतीका कारण लक्ष्यको नजिक पुगेको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचर्याले बताए ।

स्टल ब्यवस्थापन,आधुनीक बाल उद्यान र स्थानियदेखि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहको दैनिक प्रस्तुती लगाएत सवै क्षेत्रमा भएको राम्रो व्यवस्थापनकै कारण महोत्सवले सबै उमेर समुहका अवलोकनकर्ताहरुको मन जित्न सफल भएको उद्योग वाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष तथा महोत्वस प्रवक्ता लेखनाथ खरेलले बताए ।

१४ दिनसम्म संचालन हुने महोत्सवमा १० करोडको कारोवार हुने र १ लाख वढि दर्शकले अवलोकन गर्ने अपेक्षा राखेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?