
सुनवल । महिला उद्दमी महासंघ नेपालले पश्चिम नवलपरासीमा महिला उद्दमी संघ गठन गरेको छ ।
केन्द्रिय अध्यक्ष शोभा ज्ञवालिको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले दुर्गा कोईरालाको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति गठन गरेको हो । जसमा २ जना सदस्यपछि थप गरिने नवगठित समितिका सचिव शान्ति पुनले बताइन।
कार्यक्रमको बारेमा प्रकाश पार्दै केन्द्रिय अध्यक्ष ज्ञवालिले हालसम्म ६३ जिल्लामा महिला उद्दमी संघ गठन गरि सकिएको र बिस्तारको क्रम जारी रहेको बताउदै महासंघमा ५२ सय बढि लघुउद्दमी महिला आबद्ध रहेको जानकारी दिइन ।
महिलाद्वारा उत्पादित सामाग्रीहरुको विक्री वितरण सहजीकरण गर्नका लागि ६३ बढी औद्योगिक ग्राम निर्माणको प्रक्रिया थालनी गरेको पनि ज्ञवालीले बताइन ।
उहाले देशभरका महिला उद्दमीको आर्थिक संशक्तिकरण, स्वावालम्बी, व्यवसाय प्रबर्द्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको पहुँचमा महिला उद्दमिको व्यवसाय कसरी बढाउने उत्पादनमा गुणस्तरता, वित्तीय पहुँच र संजाल विस्तार लगायतका कार्यक्रममा महासंघले सहयोग गर्ने जानकारी दिदै व्यापार व्यवसाय प्रवर्द्धनमा स्थानीय तहको महत्त्वपुर्ण भुमिका रहने बताइन ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिका वडा नं. ३ अध्यक्ष पविन गुरुङले स्थानीय सरकारले पहिले देखि गर्दै आएको कामलाई महासंघले पुणर्ता दिने कामको थालनी गरेको प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहबाट पुर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महासंघकी तृतीय उपाध्यक्ष बसन्ती प्रधानले उत्पादित बस्तुको डिजिटल प्रविधिबाट बजारीकरण लेभकिङ्गि प्याकेजिङ्ग बारे तालिम दिएकि थिइन । कार्यक्रममा केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष पार्वती पौडेल,रुपन्देही अध्यक्ष अनिता खत्री , महिला बिकास महासंघ परियोजना संयोजक जिवेश बिक्रम अधिकारी लगाएतको उपस्थित रहेको थियो।